२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः खेलाडीको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र

पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङ। तस्बिरः उमेश पुन/नागरिक

आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीहरुको नामावली  दर्ता गर्न सबै खेलसंघलाई भईसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषदले आग्रह गरेको छ। भदौ २५ गतेभित्र दर्ता नभएका खेलाडीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउने सुविधाबाट बञ्चित हुने परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए।

‘सबै खेल संघले आफना खेलाडीहरुको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र भईसक्नुपर्ने छ,’ खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले भने, ‘त्यसभन्दा पछि दर्ता हुने खेलाडीले परिषदबाट पाउने सुविधाबाट बञ्चित हुने छन्। त्यसैले भदौ २५ गते सबै खेलाडीहरुले अन्तिम नामावली दर्ता गरिसक्नुपर्ने छ।’ भदौ अन्तिम साताभित्र खेलाडी दर्ता गरिसक्नुपर्ने परिषदको प्रावधान रहेपनि विभिन्न खेलहरुको जिल्ला छनोट तथा प्रदेश छनोट प्रतियोगिता भने भईसकेको छैन्।  

आगमी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुदैं छ। ३६ खेलमा ४०७ इभेण्टमा खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रदेशको जिल्लाहरुमा कुन–कुन खेल खेलाउने भन्ने निर्णय भने भईसकेको छैन्। ‘११ टिमले ३६ खेलमा ४०७ इभेण्टमा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन्,’ सदस्य सचिव घिसिङको भनाई थियो। सातै प्रदेश, तीन विभागीय टोली र गैर आवासिय नेपाली(एनआरएन)को टोली गरी ११ टिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने परिषदले जनाएको छ।  

सदस्य सचिव घिसिङले पोखराका विभिन्न खेलकुद पूर्वाधारको अवलोकन गरी सोमबार पत्रकार सम्मेलन मार्फत आफनो अभिव्यक्ति सार्वजनिक गरेका हुन् पोखरा रंगशाला, सहारा एकेडेमी, गोस्ते खेल मैदान लामाचौर, गण्डकी आवासिय विद्यालय लामाचौरको पूर्वाधारको प्रत्यक्ष अवलोकन गरेका थिए। सदस्य सचिव घिसिङले सातै प्रदेशमा ट्रफी टुर गराउने योजना समेत सुनाए। ‘ट्रफी सुन र चाँदी जडित बनाईने छ। ट्रफी बनेपछि सातै प्रदेश टुर गराईने छ,’ उनको भनाई थियो।  

परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवधान नहुने गरी निर्वाचन आयोगसँग परामर्श गरिएको स्पष्ट पारे। ‘राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावित नहुने गरी निर्वाचनका कार्यक्रम गर्न निर्वाचन आयोगसँग परामर्श गरेका छौं।’ सदस्य सचिव घिसिङले पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने–‘निर्वाचन र राष्ट्रिय खेलकुद प्रतियोगिता दुवै सरकार(मन्त्री परिषद)को निर्णय हो। आम निर्वाचनले प्रतियोगितालाई प्रभावित नपारोस भन्ने हो।’ उनले प्रतियोगितालाई प्रभावित बनाउने गरी निर्वाचनको तालिका नबनाउन समेत आयोगलाई आग्रह गरिएको बताए।  

परिषदले राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान राख्ने खेलाडीलाई ५० हजार रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको छ। ‘राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार, व्यक्तिगत तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेण्टमा स्वर्ण पदक जित्नेलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ,’ उनको भनाई थियो। सदस्य सचिव घिसिङले बढीमा हप्ता÷दशदिन भित्रै  पोखरा रंगशालाभित्रको फुटबल मैदान, प्यारापिट तयार हुने बताए। प्यारापिटको भीआईपी बस्ने ठाँउमा केही काम बाँकी छ। त्यो हप्ता÷दशभित्रमा तयार हुने उनको भनाई थियो।  

प्रकाशित: २३ श्रावण २०७९ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App