२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला र पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा

स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा जारी प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला र पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।

महिलातर्फ बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी विष्णा विष्टले अन्तिम चारमा स्थान पक्का गरे।

अन्जना राईले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ ले हराउँदा अग्रिमा भण्डारीले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले पराजित गरिन्। यसैगरी निकिता लामाले १६ फिदरकी रिहाना शेरचनललाई २१–११, २२–२० ले तथा विष्णा विष्टले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

पुरुष युगल खुलातर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समूह बुटवलका मनोज फौदार र विवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले, सूर्यदर्शनका जुम्ल्याहा दाजुभाइ राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीले पुलिसका हीरा राई र सूर्य दर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरूको जोडीलाई २१–८, २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा पुगे।

यु १७ ब्वाइजतर्फ शिल्क ग्रुपका कविर केसीले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१–१३, २१–९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे। आयोजकका सुनिल कार्कीले १६ फिदरका अभय महरालाई २१–१७, २३–२१ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा कविरसँग भेट पक्का गरे। लाफा समूहका मनोज फौदारले रिसभराई २१–१७, २१–१५ ले तथा सेनाका डेभिड थापा मगरले बेलटार एकेडेमीका केनिश मगरलाई २१–५, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

पुरुष ४५ वर्षमाथिको स्पर्धामा जेष्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी अन्तिम चारमा पुग्यो। उक्त जोडीले टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित गर्‍यो। यस्तै चितवनका खुश गुरुङ र तनहुँका मानबहादुर रानाको जोडीले आयोजकका सुरेनबहादुर आले र लाक्पा शेर्पालाई २१–१७्८, ७–२१, २१–१९ ले, आरबिएमएसका किशान छयाम्जुङ र राजेश शाक्यको जोडीले देवीनगरका दिल कार्की र चन्द्र खापुङको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पूर्णहरि होना र सञ्जय कपालीको जोडीले चन्द्रागिरिका वीरेन्द्र विष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे।

प्रकाशित: १४ श्रावण २०७९ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App