१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

समकालीनका सफलताको अभावमा जोकोभिच

नोभाक जोकोभिच, विश्व खेलकुदमा यो अपरिचित नाम पक्कै पनि होइन। तर, आइतबार सातौं पटक विम्बल्डनको उपाधि जितेपछि जोकोभिच स्वयम्ले भने ‘आम समर्थकका च्याम्पियन’बन्न आतुर रहेको बताएका छन्।

रोजर फेडेरर र राफाइल नाडाललाई दर्शकले जसरी सहजै स्विकार गर्छन्, जोकोभिच त्यो सूचीबाट अझै टाढा छन्। समर्थकसँग सामीप्य कायम राख्न उनी अझै प्रयासरत छन्। आइतबार जोकोभिचले गैर वरीयताका निक किर्गियासविरुद्धको विम्बल्डन फाइनलको पहिलो सेट गुमाए। तर, त्यस पछिका तीन सेट भने उनले सहजै आफ्नो पक्षमा पारे। जुन उनको लगातार चौथो विम्बल्डन उपाधि थियो भने समग्रमा सातौं। उनी नाडालको नाममा रहेको कीर्तिमानी २२औं ग्रान्ड स्लामबाट एक उपाधि मात्र टाढा छन्। फेडेररको नाममा २० औं ग्रान्ड स्लाम छ। सेन्टर कोर्टमा जसरी समर्थकले नाडाल र फेडेररलाई सम्मान गर्छन्।

जोकोभिचले समर्थकबाट आशा ग रिएको जस्तो साथ पाउन अझै सकि रहेका छैनन्। यस्तो स्थितिमा समकालीन नाडाल  र फेडे र रले समर्थकसँगको निकटताका रूपमा जुन सफलता पाए, त्यसको खोजीमा जोकोभिच पनि छन्।

जोकोभिचले समर्थकबाट आशा गरिएको जस्तो साथ पाउन अझै सकिरहेका छैनन्। यस्तो स्थितिमा समकालीन नाडाल र फेडेररले समर्थकसँगको निकटताका रूपमा जुन सफलता पाएका छन्, त्यसको खोजीमा जोकोभिच पनि छन्। सन् २००८ मा जोकोभिचले पहिलो ग्रान्ड स्लाम उपाधि जित्दा नै फेडेरर र नाडाललाई धेरैले आफ्नो प्रेरणाको स्रोत मान्न थालिसकेका थिए। टेनिस खेल्नकै लागि नाडालले १२ वर्षको उमेरमा बेलग्रेड छाडेका थिए। उनी प्रशिक्षणका लागि म्युनिख पुगेका थिए। म्युनिख प्रस्थान गरेकै कारण उनी नाटोको बम हमलाबाट बाँच्न सफल भए।

फेडेररलाई भलादमी खेलाडीको लिइन्छ भने नाडाल भने लजालु स्वभावका छन्। तर, जोकोभिच भने सहजै बहकिने र आक्रामक स्वभावका छन्। सन् २०२० को युएस ओपनमा आफ्नो रिसको नियन्त्रण गुमाउँदा महिला लाइन जजलाई बलले प्रहार गरेसँगै जोकोभिच प्रतियोगिता खेल्न अयोग्य भएका थिए। यसबाट पनि उनको आवेगको अनुमान गर्न सकिन्छ। उनको केही व्यक्तिगत आचरणले पनि उनी आलोचनामा परिरहन्छन्। जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाउन अस्विकार गरे र जसका कारण उनले अस्ट्रेलियन ओपन खेल्ने अवसर गुमाए।

गत वर्ष युएस ओपनको उपाधि जित्न असफल भएसँगै जोकोभिच सन् १९६९ मा रड लाभरको नाममा रहेको सिजनको सबै ग्रान्ड स्लाम जित्ने कीर्तिमान बराबरी गर्नबाट चुकेका थिए। उनी फाइनलमा ड्यानियल मेडभेडेभसँग पराजित भएका थिए। उनले युएस ओपन अघि  फेन्च ओपन, अस्ट्रेलियन ओपन र विम्बल्डन गरी तीन ग्रान्ड स्लाम जितको थिए। ‘जसरी मैले समर्थकको माया पाइरहेको छु, त्यो मेरा लागि विशेष छ,’जोकोभिचले भने, ‘त्यो साथ मेरा लागि सधै यादगार रहनेछ।’ जोकोभिचसामू आम समर्थकको मनमा बस्ने सुनौलो समय भने जुरेको छ। ४१औं जन्मदिन मनाउने तयारीमा रहेका फेडेरर घुँडाको शैल्यक्रियाका कारण पछिल्लो एक वर्षदेखि कोर्ट बाहिर छन्।  

नाडालले पेटको चोटकै कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका थिए। नाडालभन्दा एक वर्षले कान्छा जोकोभिच भने शारीरिक रूपमा फिट देखिन्छन्। उनले अझै स्वभाविक लय गुमाएका छैनन्। तर, कोभिड–१९ विरुद्धको खोप नलगाएकै कारण आगामी महिनाबाट सुरु हुने युएस ओपन खेल्नबाट वञ्चित हुने हो की भन्ने डरमा जोकोभिचमा छ। उनले जनवरीमा अस्ट्रेलियन ओपन खेल्ने पाउने वा नपाउने पनि निश्चित छैन। सन् २००८ मा पहिलो ग्रान्ड स्लामको रूपमा अस्ट्रेलियन ओपन जितेका जोकोभिचले दोस्रो ग्रान्ड स्लामका लागि तीन वर्ष कुर्नुपरेको थियो।

सन् २०११ मा तीन ग्रान्ड स्लाम जित्दै उनी पहिलोपटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका थिए। त्यसयता उनले सन् २०१७ मा बाहेक प्रत्येक वर्ष ग्रान्ड स्लाम जित्दै आएका छन्।

प्रकाशित: २८ असार २०७९ ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App