९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङशिल्डः बाग्लुङ च्याम्पियन, कास्की कमजोर

राष्ट्रपति रनिङशिल्डको उपाधिसहित बाग्लुङ।

असार सकिनै लाग्दा पोखरामा गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड आयोजना गरियो। विद्यालयदेखि नै खेलकुदको विकास गर्ने ध्येयसहित वर्षेनी राष्ट्रपति रनिङशिल्ड आयोजना हुँदै आएको छ।

पोखरा प्रदेशको राजधानी। आफैंमा खेलकुदको पूर्वाधारले सजिएको छ। तर राष्ट्रपति रनिङशिल्डको नजिताले कास्कीलाई गिज्याएको छ। विगतमा च्याम्पियन बन्दै आएको कास्की यो वर्ष तेस्रो स्थानमा पनि अट्न सकेन्। गाउँपालिका, महानगर, जिल्ला हुँदैगण्डकी प्रदेशस्तरीयसम्म आइपुगेको कास्कीको प्रदर्शन प्रदेशका अन्य जिल्लाको भन्दा खराब प्रदर्शन रह्यो।

बाग्लुङ च्याम्पियन बन्यो। बाग्लुङले १० स्वर्ण, १३ रजत र ४ कास्य पदक जित्दै च्याम्पियन बन्यो। राष्ट्रपति रनिङशिल्ड जित्ने इतिहास कोर्यो। नवलपुरले ९ स्वर्ण जित्दै दोस्रो स्थानमा रहँदा स्याङजा ६ स्वर्णसहित तेस्रो स्थानमा रह्यो। ‘विगतमा हामी च्याम्पियन थियौं। अहिले प्रर्दशन कमजोर रह्यो। विद्यालयको सहभागिता महानगरमै कम भयो। त्यसको प्रत्यक्ष असर प्रदेशस्तरीय प्रदर्शनमा देखियो।’

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘विद्यालयको कम सहभागिताले पदकको अपेक्षा गर्न सकिएन्।’ उनका अनुसार गतवर्षको रनिङशिल्डमा ६० विद्यालयको सहभागिता थियो। अहिले केवल १३ विद्यालयले मात्रै सहभागी जनाए। महानगरकै प्रतिस्पर्धामा विद्यालयको सहभागिता नै कम भएपछि सीमित खेलाडीबाट उत्कृष्ट छानिएको थियो।  

राष्ट्रपति रनिङशिल्डको लागि महानगरपालिकाको शिक्षा विभागले सहभागिताको लागि पत्राचार गरेपनि सहभागिता न्यून रह्यो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भने त्रैमासिक परीक्षाकै कारण पनि खेलकुदमा सहभागिता जनाउन सकेनन्। ‘विद्यालयलाई सहभागिताको लागि पत्राचार गरियो। तर प्रतियोगितामा विद्यालयको सहभागिता भएन्।’ उनको भनाइ थियो।

राष्ट्रपति रनिङशिल्डको तयारी गरेपनि परीक्षालाई देखाउँदै विद्यालयको सहभागिता कम भएको उनको बुझाइ थियो। राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि कास्कीका विद्यालयको तयारी गरेपनि परिणाम भने नदेखिएको पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने-‘अन्य जिल्लाको तयारी राम्रो देखियो। जुन परिणामले पुष्टि गर्यो।’

उनका अनुसार एथलेटिक्समा नवलपुरको उत्कृष्ठ प्रदर्शन देखिदाँ कबड्डीमा बाग्लुङ अब्बल रह्यो। नवलपुरले एथलेटिक्समै मात्रै ९ स्वर्ण जितेको थियो। स्याङजाले एथलेटिक्समा ५ स्वर्ण थाप्यो। च्याम्पियन बनेको बाग्लुङले नगद ३० हजार राशीको पुरस्कार थाप्दै उत्साहित बन्यो। नवलपुरले २० हजार र तेस्रो भएको स्याङजाले १० हजार पुरस्कार प्राप्त गर्‍यो।

कास्की नगद पुरस्कार विहीन हुँदै सहभागितामै सीमित भयो। विजेतालाई  गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए। विजेता खेलाडीहरुलाई दुई दिन पोखरामै बन्द प्रशिक्षणको लागि राखिएको छ। ६ खेलबाट १ सय ११ जना खेलाडी छनोट गरिएको छ।  

प्रकाशित: २५ असार २०७९ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App