१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोचेटिनो बर्खास्त

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रान्सेली प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको छ। पिएसजीले मंगलबार आधिकारिक वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो।

सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षक पोचेटिनो नियुक्त भएका थिए। तत्कालीन मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पिएसजीले पोचेटिनोलाई जिम्मेवारी दिएको थियो। युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको अपेक्षासहित स्टार खेलाडी अनुबन्धित गरेको पिएसजीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो।

सोही कारण प्रशिक्षक पोचेटिनो आलोचित हुँदो आएका थिए। ‘माउरिसियो पोचेटिनोको भूमिका क्लबका लागि समाप्त भएको पेरिस सेन्ट जर्मन (पिएसजी) घोषणा गर्दछ,’ क्लबले आफ्नो आधिकारिक वेभसाइटमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘क्लब बसाइको क्रममा क्लबलाई सहयोग गर्नुभएकोमा पोचेटिनो र उनका कर्मचारीलाई धन्यवाद दिन चाहन्छ। साथै आगामी दिनका लागि शुभकामना पनि छ।’

पोचेटिनो सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। पोचेटिनो प्रशिक्षणमा सन् २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०-२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो। पोचेटिनोको १८ महिने कार्यकालमा पिएसजीले ८४ खेल खेलेको थियो।

तर पछिल्लो केही वर्षयता युइएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पिएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षक राखिराख्न क्लबलाई दबाब परेको थियो। यस्तै पोचेटिनोको बहिर्गमनपश्चात् पिएसजीले क्रिस्टोफ गाल्टियरलाई दुईवर्षे सम्झौता गर्दै अनुबन्धित गर्ने क्लबका अधिकारीहरूले पुष्टि गरेका छन्।

यो सम्झौता सोमबार भएको पनि क्लबका पदाधिकारीले बताएका छन्। ५५ वर्षीय गाल्टायिरले यसअघि पनि लिग वान क्लब नाइसमा नै प्रशिक्षण गरेका थिए। उनले पछिल्लो महिना नाइस टिम छाडेका थिए। नाइसमा रहँदा क्लबलाई राम्रो प्रशिक्षण दिएर राम्रो छवि बनाएका छन्। 

प्रकाशित: २२ असार २०७९ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App