१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिचको साम्प्राससँग रेकर्ड बराबरी गर्ने चाहना

नोभाक जोकोभिचले विम्बल्डनको नयाँ अध्यायमा पुग्नका लागि आइतबार हुने प्रतिस्पर्धामा सफलता निकाल्दै १३औं पटक यस प्रतियोगिताको क्वार्टर फाइनल लक्ष्य राखेको बताएका छन्।

शीर्ष वरीयता प्राप्त जोकोभिच अल इङ्ल्यान्ड क्लबमा पिट साम्प्रासको नाममा रहेको सात पटक च्याम्पियनको रेकर्ड बराबरी गर्न चाहन्छन्। त्यसका लागि उनले आइतबार चौथो चरणमा वाइल्ड कार्डको सहारामा प्रतियोगिता खेलिरहेका डच स्टार टिम भान रिथोभन विरुद्धको प्रतिस्पर्धामा सफलता पाउनुपर्नेछ।

उनको अन्तिम १६ को प्रतिस्पर्धा आकर्षण बन्नेछ, किनकि पहिलोपटक प्रतियोगिता आइतबार निर्धारण गरिएको छ। सन् १९९१, १९९७, २००४ र २०१६ बाहेक आइतबारलाई ‘रेस्ट डे’ का रूपमा राखिन्थ्यो। तर, प्रतियोगिताको सुरुआतमा वर्षाका कारण खेल आइतबार पनि तय गर्न बाध्य बनायो।

विम्बल्डनको शताब्दीका अवसरमा सेन्टर कोर्टमा रोजर फेडेररजस्ता विशेष व्यक्तको पनि उपस्थिति रहनेछ। आठ पटकका विम्बल्डन च्याम्पियन फेडेरर घुँडाको सर्जरी गरेका कारण कोर्टबाहिर छन्। ‘सबै ग्रान्ड स्लाम मध्य आइतबार खेलिन्थ्यो। तर, म भाग्यमानी रहेछु, मेरो समयमा नियम परिर्वतन भयो,’ जोकोभिचले भने। ३५ वर्षे जोकोभिचले आफ्नो पहिलो खेलमा दक्षिण कोरियाली प्रतिद्वन्द्वी क्वान सुन वुसँग जित निकाल्दा एक सेट गुमाएका थिए।

त्यसपछिका दुई खेलमा भने उनले सनसनी मच्चाएर सहजै जित आफ्नो बनाएका छन्। डच स्टार टिम भान एक महिनाअगाडि मात्र दुई सयको वरीयताभन्दा बाहिर थिए।

तर, पछिल्ला समय उत्कृष्ट प्रदर्शन गर्दै टिम भान आफ्नो वरीयतामा छलाङ मार्न सफल भएर  उनी अहिले १०४औं वरीयतामा छन्। उनले पहिलोपटक गत महिना घरेलु मैदानमा एटिपीको उपाधि जितेका थिए। जसले उनलाई विम्बल्डनको वाइल्ड कार्डका लागि दाबेदारका रूपमा पनि उभ्यायो। टिम भानले यसअघि तीन मात्र सर्भ खेर फालेका छन्।

यसबीच उनले विश्व वरीयताको शीर्ष ३० भित्रका स्टारलाई स्तब्ध बनाउँदै चौथो चरणको यात्रा तय गरे। १८ वर्षकै उमेरमा नै उनलाई चोटले सताएको थियो। तथापि, २५ वर्षे भान पछिल्लो समय राम्रो लयमा देखिएका छन्।

‘यो प्रतियोगिताभन्दा पहिले जोकोभिचसँग खेल्ने सपना देखेको थिएँ,’ भानले भने। उनले जोकोभिचविरुद्ध यादगार जित निकाले क्वार्टर फाइनलमा कालोस अल्कारेज या यानिक सिनरसँग खेल्नेछन्। अल्कारेज पनि तेस्रो पटक ग्रान्ड स्लामको क्वार्टर फाइनलमा पुग्ने लक्ष्यमा छन्। विम्बल्डनमा भने उनका लागि पहिलो सफलता हुनेछ। यता, सिनर भने पहिलोपटक क्वार्टर फाइनलमा पुग्ने लक्ष्यमा छन्।

गत वर्ष मात्र १९ वर्षे सिनरले मुख्य प्रतियोगितामा डेब्यु गरेका थिए, जहाँ उनी पहिलो चरणबाटै बाहिरिन पुगे। फ्रान्सका टाइफोई र टोमी पउल अमेरिकन प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गर्दै छन्।

त्यो जित निकाले यी खेलाडीले क्वार्टर फाइनलमा बेल्जियमका स्टार डेविड गोफिन र नवौं वरीयता प्राप्त ब्रिटेनका क्यानरुन नोरीको सामना गर्नेछन्।

जोकोभिचको यात्रामा स्पेनिस स्टार राफाइल नाडल बाधक बन्न सक्नेछन्। किनकि उनले पनि गत शनिबार अन्तिम १६ मा स्थान बनाएर लगातार चौथो पटक विम्बल्डन विजेता जोकोभिचको यात्रामा बाधक बन्न सक्ने संकेत देखाए।

प्रकाशित: २० असार २०७९ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App