१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एघार खेलाडी प्रशिक्षणबाट बाहिर

भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडीलाई बाहिर राख्दै आइतबार ३० सदस्यीय टोलीको घोषणा गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएको जनाएको छ। यसअघि साफ यु-२० च्याम्पियनसिप र एएफसी यु-२० एसियन कप छनोटका एन्फाले ४१ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। साफ च्याम्पियनसिप भारतमा आयोजना हुँदै छ। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्।

च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ। उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ। त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेनेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै एएफसी यु-२० छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगलादेश रहेका छन्। समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ। नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दै छनोटको सुरुआत गर्नेछ भने २ सेप्टेम्बरमा कतारसँग खेल्नेछ।

त्यस्तै नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ। समूहविजेताले २०२३ मा उज्बेकिस्तानमा आयोजना हुने यु–२० एसियन कपमा स्थान बनाउनेछन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, सौरभ कार्की,

डिफेन्डरः अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर,

मिडफिल्डरः अभिषेक वाइबा, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मेजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जु, प्रितम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान,

फरवार्डः दीपेश राई, नीरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी।

प्रकाशित: २० असार २०७९ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App