१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राजनीति र खेलकुदकर्मीले खोले ‘जिम टाउन’

पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१ बगरमा पाँच करोड रुपैयाँको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो।

राजनीतिकर्मी तथा खेलकुदकर्मी ६ जना युवाहरु मिलेर ‘जिम टाउन’ सञ्चालनमा ल्याएका हुन्। यसको कार्यकारी अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य दीपक कोईराला छन्। उनी क्रिकेट संघका कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष समेत हुन्। त्यस्तै, फेन्सिङ खेलाडी बलराम सुवेदी म्यानेजिङ डाईरेक्टर छन् भने सञ्चालक सदस्यमा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुमन देवकोटा, नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङ (आभाष), खेलाडी वामदेव सुबेदी र खेल विज्ञ नवीन आचार्य छन्।

‘जिम टाउन’को पहिलो तलामा २ वटा स्विमिङ पुल छ। यो ईन्डोर स्विमिङ पुल हो। जहाँ बालबालिकाका लागि सानो स्विमिङ पुल छ भने किशोर, युवा र वयष्कका लागि ५० मिटर लम्बाई र ३० मिटर चौडाईं भएको स्विमिङ पुल छ। बालबालिका केन्द्रीत स्विमिङ पुल १० वर्ष मुनिकालाई हुनेगरी बनाइएको छ। अर्को ४ देखि ५ फुटसम्मको गहिराई भएको ठूलो स्विमिङ पुल छ। जहाँ एकैपटक ५० भन्दा बढीले स्विमिङ गर्नसक्ने ‘जिम टाउन’का म्यानेजिङ डाईरेक्टर बलराम सुबेदीले जानकारी दिए।

 जिम टाउन’को दोश्रो तलामा रेष्टुरेण्ट छ। जहाँ एकैपटक ७० जनासम्मले बसेर खान मिल्ने सुबेदीले बताए। उनका अनुसार रेष्टुरेण्टमा अर्गानिक खानेकुरा खुवाईन्छ। तेश्रो तलामा भने जिमहल छ। सो जिममा अत्याधुनिक ईक्यूपमेन्टहरु हालिएका छन्। जसले जिम गर्नेलाई आफूले चाहेको शरिर बनाउन मद्दत पुग्ने बलराम सुवेदीले बताए। महिला र पुरुष गरेर एकैपटक ७० जनासम्मले जिम गर्न मिल्ने उनले जानकारी दिए।

‘जिम टाउन’का अध्यक्ष दीपक कोइरालाले शरीर स्वस्थ र आकर्षक बनाउन चाहनेका लागि जिम, शरीर स्फुर्ती र सितल बनाउनका लागि स्विमिङ पुल र अर्गानिक खान चाहनेका लागि लक्षित गरेर रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको बताए।  

प्रकाशित: १९ असार २०७९ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App