१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोटेनह्याममा रिचार्लिसन

इङ्लिस प्रिमियर क्लब टोटेनह्यामले ब्राजिलियन फर्वाड रिचार्लिसनलाई शुक्रबार आफ्नो क्लबमा ल्याएको जनाएको छ।

एभर्टनबाट रिचार्लिसन प्रिमियर लिगमा अनुबन्धित भएको दुई क्लबले सार्वजनिक गरेका छन्। २५ वर्षीय रिचार्लिसन पाँच वर्षे सम्झौतामा टोटनह्याममा अनुबन्धित भएका हुन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रिर्चालिसन ६० मिलियन पाउन्डमा टोटनह्याम भित्रिएका छन्।

सन् २०१८ मा एभर्टनमा अनुबन्धित भएका रिचार्लिसनले त्यसयता १ सय ५२ खेलमा ५३ गोल गरेका छन्। उनले गएको सिजन प्रिमियर लिगमा एभर्टनबाट १० गोल गरेका थिए। ब्राजिलको राष्ट्रिय टोलीबाट ३६ क्याप जितेका उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। ब्राजिलले सन २०१९ को कोपा र २०२० को ओलम्पिकमा स्वर्ण पदक जित्दा रिचार्लिसन टोलीका महत्त्वपूर्ण सदस्य थिए।

यससँगै रिचार्लिसन खेलाडी सरुवा बजारमा टोटेनह्याममा अनुबन्ध हुने चौथो खेलाडी भएका छन्। यसअघि टोटेनह्यामले गोलकिपर फ्रसेर फस्टर, इभान पेरिसिच र यभेस विसौमालाई अनुबन्धित गरेको थियो। प्रशिक्षक एन्टोनियो कोन्टेले ब्राजिलियन फरवार्ड रिर्चालिसनलाई अनुबन्धित गरेसँगै टोटनह्यामले अग्रपङ्क्तिलाई अझ बलियो बनाएका छन्। उनलाई साथ दिन ह्यारी केन र सन ह्युङ मिन रहनेछन्।

प्रकाशित: १८ असार २०७९ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App