१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

मोराटा एट्लेटिको फर्किए

इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सले स्थायी सम्झौतामा इच्छा नदेखाएसँगै अर्जेन्टिनी स्ट्राइकर अल्भारो मोराटा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिड फर्किएका छन्।

मोराटा सन् २०२० सेप्टेम्बरमा लोनमा युभेन्टस गएका थिए। उनी १० मिलियन युरोमा एट्लेटिकोबाट लोनमा युभेन्ट्स गएका थिए। उनको सम्झौता अवधि थप गर्ने अवसर भए पनि मोराटाको प्रस्ताव महँगो भएको भन्दै युभेन्ट्स यो प्रक्रियाबाट अलग भएको हो।

युभेन्ट्सले आफ्नो क्लबको वेभसाइटमा लेखेको छ, ‘अल्भारो मोराटाको युभेन्ट्स यात्रामा पूर्णविराम लागेको छ। उनी पछिल्लो दुई सिजन एट्लेटिकोबाट लोनमा युभेन्ट्स आएका थिए।’ एट्लेटिको र मोराटाको सम्झौता आगामी वर्ष सकिँदै छ।

एट्लेटिकोले तत्कालका लागि मोराटालाई लुइस स्वारेजको स्थानमा क्लबमै राख्न लागेको हो। स्वारेज र एट्लेटिको बीचको सम्झौता यसै सिजनबाट सकिएको थियो। एट्लेटिकोले स्वारेजको सम्झौता नवीकरणमा कुनै इच्छा देखाएन। स्वारेज अर्जेन्टिनी क्लब रिभर प्लेटमा गइसकेका छन् ।

प्रकाशित: १७ असार २०७९ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App