२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

तेक्वान्दो खेलाडी आसामतर्फ

जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुनेछ।

जैसीदेवल युथ क्लबद्वारा सञ्चालित जैसीदेवल तेक्वान्दो डोजाङले मङगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टोलीलाई शुभकामनासहित बिदाइ गर्‍यो। नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैसीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति लगायत अन्य पदाधिकारीले सो टोलीलाई शुभकामनासहित बिदाइ गरे।

नेपाली टोली भारतको असाम प्रस्थान गर्नेछ। सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित रहेका छन्। अध्यक्ष प्रजापतिले भारतमा खेल्ने टोलीको सम्पूर्ण खर्च जैसीदेवल युथ क्लबले नै बेहोरेको जानकारी गराए।

प्रकाशित: १५ असार २०७९ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App