९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

शाहसम्बन्धी फोटो प्रदर्शनी

नेपाली खेलकुदको इतिहास मानिएका शरद्चन्द्र शाहको राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ।

ओलम्पिक डेका अवसरमा बिहीबार शरदचन्द्र शाह प्रतिष्ठान र स्पोर्टस फर अलले संयुक्त रूपमा फोटो प्रदर्शनी गरेका हुन्। ओलम्पिक कमिटीका पूर्वअध्यक्ष एवं राखेपका सदस्यसचिव शाहले नेपाली खेलकुदलाई उचाइमा पुर्‍याउन गरेको योगदानको सम्झना गर्दै उनका विविध पक्षलाई समेटेर प्रदर्शनी गरिएको हो।

प्रदर्शनीको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। सदस्यसचिव घिसिङले नेपाली खेलकुदलाई उचाइमा पुर्‍याउन सफल भएकोमा पूर्वसदस्यसचिव शरदचन्द्र शाहप्रति विशेष सम्मान र श्रद्धा व्यक्त गरे।

अहिलेसम्म भएका सदस्यसचिवमध्ये ऐतिहासिक कार्य गर्न सफल शाह आफ्नो पनि प्रेरणाको स्रोत रहको भन्दै सदस्यसचिव घिसिङले पूर्व नेतृत्वले गरेका कामलाई निरन्तरता प्रदान गर्ने र अपुग भएका कामलाई पूर्णता प्रदान गर्नेतर्फ पहल गर्ने बताए।  

प्रकाशित: १० असार २०७९ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App