२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बिएनएसहित चार टोलीलाई स्किब्स कप

त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बिएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।

 त्रिज्योति सिनियर ब्वाइज, बिएनए जुनियर ब्वाइज, निम्स सिनियर गर्ल्स र महामञ्जुश्री स्टाफमा पहिलो भएका हुन्। बसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रिज्योतिले ग्रिनल्यान्डलाई २१–१९ ले हराउँदै उपाधि जितेको हो।

जुनियर ब्वाइजको फाइनलमा बिएनएले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ५–३ ले हरायो। एन्जल्स हार्ट चार पटकको उपाधि विजेता हो। सिनियर गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले एनसिसिएसमाथि ९–८ को कठिन जित निकाल्दै लगातार दोस्रो पटक उपाधि चुम्यो।

पहिलो पटक समावेश स्टाफको फाइनलमा महामञ्जुश्रीले इन्साइट भिजनलाई २१–२० को झीनो अन्तरले पाखा लगायो। स्टाफका विजेताले १० हजार र उपाधि विजेताले पाँच हजार रूपैयाँ नगद पुरस्कार हात पारे। बाँकी स्पर्धामा नगद पुरस्कार छैन। सिनियर ब्वाइजमा त्रिज्योतिका अन्सुल गोपाली, जुनियर ब्वाइजमा बिएनएका सुयेश गौतम, सिनियर गर्ल्समा निम्सकी टिना लिम्बु र स्टाफमा महामञ्जुश्रीका शैलेश श्रेष्ठ मोस्ट भेलुएबल प्लेयर घोषित भए।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, प्याब्सनका केन्द्रीय भुगोल उपाध्यक्ष थकिनकुमार गुरुङ र स्किब्सका प्रिन्सिपल अरूण केसी लगायतले एक कार्यक्रम बीच पुरस्कृत गरे। तीन दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गर्ल्समा १२ गरी जम्मा ५२ टोलीले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ६ असार २०७९ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App