१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

ट्रायथलनमा विजेनलाई सफलता

साबिक विजेता बिजेन श्रेष्ठले शनिबार ओलम्पिक डेको अवसरमा आयोजना भएको दोस्रो मास्टर्स ट्रायथलनको ब्यक्तिगततर्फ उपाधि जितेका छन्।

गत संस्करणमा पनि विजेनले दोस्रो मास्टर्स ट्रायथलनको व्यक्तिगत स्पर्धामा उपाधि जितेका थिए। नेपाल ट्रायथलन संघको आयोजनामा भएको प्रतियोगिता मध्यपुर ठिमीस्थित जयश्री सिद्धि गणेश पौडी पोखरीमा सम्पन्न भयो।

प्रतियोगितामा विशाल केसी दोस्रो भए भने र अमग्य श्रेष्ठ तेस्रो स्थानमा रहे। ट्रायथलन संघसँग आबद्ध व्यक्तिबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा १०० मिटर पौडी, ३.५ किमी साइक्लिङ र १ किमी दौड रहेको थियो। प्रतियोगिताको रिलेतर्फ अभिनाष श्रेष्ठ, अभिषेक शाक्य र इजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पार्‍यो।

दोस्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेस्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापती र निशा श्रेष्ठको जोडी रहे। विजयी खेलाडीलाई नेपाल प्रहरीका महानिरीक्षक एवं नेपाल ट्रायथलन संघका उपाध्यक्ष धीरजप्रताप सिंहले मेडल र संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा नेपाल ट्रायथलन संघले आफ्नो उपाध्यक्षलाई नेपाल सरकारले हालै महानिरीक्षकमा पदोन्नती गरेकोमा सिंहलाई प्रशंसापत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरेको थियो। प्रतियोगितामा करिब सय जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ५ असार २०७९ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App