२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

पारा ओलम्पियनलाई सम्मान

एनपिसी नेपालले शनिबार चार पारा ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको छ। एनपिसी नेपालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपिसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी दिए।

सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राना (लन्डन/ब्राजिल), मैया विशंखे (लन्डन) र लक्ष्मी कुँवर (ब्राजिल) रहेका छन्। उनीहरूलाई एनपिसीकी अध्यक्ष राधा घलेले प्रशंसापत्र र नगद प्रदान गरी सम्मान गरिन्। बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको एकदिने प्रतियोगितामा विभिन्न २१ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको कोषाध्यक्ष सिवाकोटीले जनाएका छन्। हरेक स्पर्धामा पहिलो हुनेलाई १ हजार ५ सय, दोस्रोलाई १ हजार र तेस्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो।

प्रकाशित: ५ असार २०७९ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App