१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

एचएचसिए र भ्याली पब्लिक फाइनलमा

एचएचसिए र भ्याली पब्लिक मंगलबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्। एचएचसिएले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित गर्‍यो। एचएचसिएका सन्तोष शाहीले १५ अंक जोडे।

भ्याली पब्लिकले एन्जल्स हर्टलाई ४५–२८ ले हरायो। भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गरे। जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) र एन्जल्स हर्टले उपाधि भिडन्त पक्का गरे। इबिएले ग्रिनल्यान्डमाथि २२–१० को जित दर्ता गर्‍यो। इबिएका एलेक्स राईले १० अंक जोडे।

एन्जल्स हर्टले स्काइलार्कलाई १५–८ ले पाखा लगायो। एन्जल्स हर्टका प्रतीक कँडेलले ८ अंक बटुले। सिनियर  गर्ल्समा पनि भ्याली पब्लिक उपाधिनजिक पुगेको छ। भ्याली पब्लिकले एचएचसिएलाई ३१–८ ले सहजै पन्छाउँदै ग्रिनल्यान्डसँग फाइनल भेट पक्का गर्‍यो। ग्रिनल्यान्डकी लोरिशा गौचनले १४ स्कोर गरिन्।

प्रकाशित: १ असार २०७९ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App