२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

अन्तरकलेज बास्केटबल बुधबारदेखि

पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ। क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा अन्तरकलेज प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा पाँच टोलीको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पुरुषमा सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’ मा केसिएम, सायम (एसएआइएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटिएचएम) र किस्ट रहेका छन्।

महिलाको स्पर्धा राउन्ड रोबिन लिगका आधारमा हुनेछ। राउन्ड रोबिनमा शीर्ष २ स्थान हात पर्ने टोली फाइनलमा प्रवेश गर्नेछन्। सहभागी टोलीमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन्। पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन्। महिलामा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिनेछ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रूपैयाँ खर्च हुने क्वेस्टका एसोसिएट डाइरेक्टर आदर्श जोशीले जानकारी दिए। प्रायोजकमा कोकाकोला, सर्भा ट्राभल्स, ओम शान्ति टेलर्स र सम्पूर्ण प्रेस छन्। वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका खेल ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइनेछ। स्व. नारायणप्रसाद श्रेष्ठ क्वेस्टका संस्थापक निर्देशक थिए ।

प्रकाशित: २१ वैशाख २०७९ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App