११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

कोलम्बियाका पूर्वमिडफिल्डरको निधन

सडक दुर्घटनापछि अस्पतालमा उपचाररत कोलम्बियाका अन्तर्राष्ट्रिय पूर्वमिडफिल्डर फ्रेडी रिन्कोनको ५५ वर्षको उमेरमा निधन भएको छ।

दक्षिण पश्चिम सहरबाट फर्किने क्रममा सोमबार बस दुर्घटनामा परी टाउकोमा गम्भीर चोट बोकेका रिन्कोनको बिहीबार निधन भएको हो। रियाल मड्रिड तथा नेपोलीका पूर्वखेलाडीको टाउकोमा भएको गम्भीर चोटपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि अति सघन कक्ष (आइसियु) मा पुर्‍याउने क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘लामो मिहिनेत र प्रयासका बावजुद पनि रिन्कोनलाई बचाउन सकिएन,’ उनलाई शल्यक्रिया गरेका इम्बान्को क्लिनिकका डाक्टर भनेका छन्।

५५ वर्षका पूर्व मिडफिल्डर रिन्कोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए। कोलम्बियन फुटबलको ‘गोल्डेन जेनेरेसन’ मा पर्ने रिन्कोनले सन् १९९०, १९९४ र १९९८ गरी लगातार तीन विश्पकप खेलेका थिए।

सन् २००१ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका रिन्कोन ९० को दशकका उत्कृष्ट कोलम्बियन खेलाडीको सूचीमा अटाएका थिए। उनले कोलम्बियाको राष्ट्रिय टोलीमा ८४ क्याप जितेका छन्। रिन्कोनले सन् १९९५ देखि ९६ सम्म रियालबाट खेलेका थिए।

प्रकाशित: २ वैशाख २०७९ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App