२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फुङ्लिङमा सञ्चालित मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ। सिरिजङ्गा गाउँपालिकाको टिमलाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो। उपाधिसंगै सिदिङ्वाले नगद २ लाख ५० हजार १ सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाएको छ।

यस्तै उपबिजेता हुने टिमले नगद १ लाख २५ हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। सान्त्वना हुने टिमले जनही ४० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।

यसअघि फाइनल प्रवेशका लागि शनिबार भएको पहिलो सेमिफाइनलमा सिदिङ्वाले फक्ताङ्लुङलाइ र सिरिजङ्गाले पाथीभरा याङ्वरकलाइ पराजित गरेर फाइनलमा पुगेका थिए। यो संगै गएको ९ गतेबाट फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा जारी मेयर कप भलिबल प्रतियोगिता सकिएको छ।

प्रकाशित: १२ चैत्र २०७८ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App