१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

धावक मानन्धर सम्मानित

काठमाडौं युरो स्कुल/युरो किड्स, गोंगबुले पूर्वधावक वैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। युरोको वार्षिक खेलकुद दिवस समापनका अवसरमा मानन्धरलाई सम्मान गरिएको हो।

युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरेका थिए।

मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले म्याराथनमा स्वर्ण जितेका थिए। भारतमा १९८७ मा भएको तेस्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ।

चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन्। पाँचदिने खेलकुद दिवसको समापनमा मानन्धरले विभिन्न खेलका पदक विजेतालाई पनि पुरस्कृत गरे।

खेलकुद दिवसमा ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल, फुटबल र एथलेटिक्सको प्रतिस्पर्धा भएको थियो। पौराणिक खेलको जगेर्ना गर्ने उद्देश्यले बाघचाल, गट्टा, चुङ्गी र ढ्याक खेलको पनि प्रतिस्पर्धा गराइएको अध्यक्ष पाण्डेले जानकारी गराए।

प्रकाशित: १२ चैत्र २०७८ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App