५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कृष्णलाई हुन्डाई ओपन गल्फ

बाबु पौडेललाई काउन्ट ब्याकमा पछि पार्दै कृष्ण पुनले हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबल फोर्ड अंकका साथ उपाधि जितेका हुन्। ११ ह्यान्डी क्यापका कृष्ण र बाबुले समान अंक जोडे पनि काउन्ट ब्याकमा कृष्ण विजेता भए। काउन्ट ब्याकमा कृष्णले २१ अंक र बाबुले २० अंक जोडेका थिए।

नेपाल प्रहरीका एसएसपी अशोक सिंहले ४२ अंकसहित तेस्रो स्थान प्राप्त गरे। टासी दोङले बेस्ट ग्रसमा सफलता पाए। दोङसहित तीन जना गल्फर टासी छिरिङ र वाङ्चेन धोन्डुपले समान ३६ अंक जोडे पनि काउन्ट ब्याकमा दोङ विजेता भए।

काउन्ट ब्याकमा दोङले १९ अंक जोड्दा छिरिङ र धोन्डुपले समान १७ अंक बटुलेका थिए। मेजर जनरल नरेन्द्र रावलले ६० सिनियरतर्फ (६० वर्षमाथि उमेर समूह) को उपाधि जिते। उनले ३९ अंक बटुल्दा दोस्रो स्थानका भैरवराज पाण्डेले ३८ अंक जोडे। महिलातर्फ भने प्रतिभा राईले सफलता पाइन्। उनले ३८ अंक बटुलिन्। कश्मिरा शाहले ३७ अंकसहित दोस्रो भइन्। हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिम्खडाले ३७ अंक जोड्दै उपाधि जिते। वाङचेन धोन्डुपले क्लोजेस्ट टु दी पिनमा सफलता पाए ।

त्यस्तै, लगेस्ट ड्राइभमा जे शेर्पा र मोस्ट बर्डिजमा नोर्बु शेर्पाले सफलता पाए। शेर्पाले सबभन्दा धेरै पाँच बर्डिज खेलेका थिए। हुन्डाई कारको नेपालमा आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो। प्रतियोगितामा १ सय ५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र तीन बाई चार ह्यान्डी क्यापका सात कुल १८ होलमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: ७ चैत्र २०७८ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App