२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बराल निर्वाचित

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको नवनिर्वाचित टिम। तस्बिरः उमेश पुन/नागरिक

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन्। मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका लागि भएको निर्वाचनमा कुल ४९ मत खसेकोमा विजयी बरालले २९ मत प्राप्त गर्दा पराजित अधिकारीले २० मत प्राप्त गरे।

अध्यक्षबाहेक अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्ती मगर चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध चयन भएका छन्। यसअघि मञ्चको महाधिवेशनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले चौथो अंगबिना समाजको कल्पना गर्न नसकिने बताए। राज्यले गर्ने गतिविधि नियालेर गलत गर्नेलाई खबरदारी गर्नेदेखि सभ्य समाज निर्माणमा पनि प्रेसको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे। उनले प्रेस स्वतन्त्रता र मानव अधिकार भएन भने राज्य तानाशाही हुने भएकाले प्रेस स्वतन्त्रता अनिवार्य शर्त भएको बताए।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति तथा प्रदेश सभा सदस्य दीपक कोईरालाले खेलकुदमा देखिएको विकृति, विसंगति सुधार्न पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताए।

प्रदेश सभा सदस्य मीना गुरुङले खेलकुद आजको दिनमा स्वस्थता, अनुशासनसँगै देशको प्रतिष्ठाका लागि पनि महत्वपूर्ण बनेको बताइन्। मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले मञ्चले गण्डकी प्रदेशकै गौरव गर्न लायक ‘पोखरा स्पोर्टस् अवार्ड’लगायतका कार्यक्रम गर्दै आएको बताए।

प्रकाशित: ५ चैत्र २०७८ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App