२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

रसिब गलाकमा अनुबन्धित

गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई एक वर्षका लागि शुक्रबार अनुबन्ध गरेको छ। गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोसाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे।

नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा रसिबलाई अनुबन्ध गरेको घोषणा गरिएको हो। गलाकले प्रतिमहिना १० हजार रूपैयाँ प्रदान गर्ने गरी एक वर्षका लागि रसिबलाई अनुबन्ध गरेको जनाएको छ। रसिब लाइट हेभी वेटतर्फ चार पटकका च्याम्पियन हुन्। कार्यक्रममा अध्यक्ष कक्षपतिले मुवाँथाइमा पनि पहिलोपटक खेलाडी अनुबन्धको थालनी भएकोमा खुसी व्यक्त गर्दै गलाकलाई धन्यवाद दिए। ‘मुवाँथाइमा पनि खेलाडी अनुबन्धको सुरुआत भएको छ।

अरू खेलमा खेलाडी कुनै क्लब वा टिमसँग अुनबन्ध हुन्थे तर पहिलोपटक मुवाँथाइमा पनि खेलाडी अनुबन्ध गर्ने परम्पारको थालनी भएकोमा खुसी छु,’ अध्यक्ष कक्षपतिले भने,‘यसले मुवाँथाईलाई थप व्यावसायिकरण गर्नेमा विश्वस्त छु ।’ प्रमुख कार्यकारी अधिकृत लिबीले आगामी दिनमा अन्य खेलाडीलाई पनि अनुबन्ध गर्ने योजना रहेको जानकारी गराए।

प्रकाशित: २८ फाल्गुन २०७८ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App