२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल

सेना दिवसको पूर्व सन्ध्यामा भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता। तस्बिरः बिरा/नागरिक

सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ। महाशिवरात्रीको दिन पर्ने सेना दिवसको पूर्व सन्ध्यामा बैतडीस्थित हनुमानध्वज गुल्मको आयोजनामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

संयुक्त सुरक्षा फौजको टिम र दरशथचन्द नगरपालिका–४ शाहीलेकको टिमबिच भएको भलिबल प्रतियोगितामा संयुक्त सुरक्षा फौंजको टिमले जित हात पारेको छ। प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमाणपत्र वितरण गरिएको हनुमानध्वज गुल्मका गुल्मपति खिलबहादुर रानाले बताए। 

यस्तै दिवसको अवसर पारेर हनुमानध्वज गुल्मले पूर्व भलिबलका राष्ट्रिय खेलाडीलाई सम्मान समेत गरेको छ। दुर्योधन राना, हरिसिंह भण्डारी, र विक्रम चन्दलाई सम्मान गरिएको गुल्मपति रानाले जानकारी दिए। भलिवल खेलको लागि उनीहरुले दिएको योगदानको कदर स्वरुप मायाको चिनो, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो। यस्तै सेना दिवसकै पूर्व सन्ध्यामा संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ छलिया नाच पनि प्रदर्शन गरिएको थियो।

सैनिक र नागरिकबीचको सम्बन्ध बलियो बनाउनका लागि चालू आर्थिक वर्षमा नेपाली सेनाले गरेका जनहितका कार्यको बारेमा समेत जानकारी दिइएको थियो। बैतडीमा रहेको हनुमानध्वज गुल्मले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App