२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

खेलकुदलाई उद्योगका रुपमा विकास गर्नुपर्छ: मन्त्री गहतराज

नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाका अतिथिहरु। तस्बिरः नागरिक

खेलकुद क्षेत्रलाई अब उद्योगका रुपमा विकास गर्नुपर्ने युवा तथा खेलकुद विकास मन्त्री महेश्वरजंग गहतराजले बताएका छन्। 

शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री गहतराजले भने,‘राज्यले खेलकुद क्षेत्रमा अत्यन्तै न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परिरहेको छ, त्यसैले अब यसलाई उद्योगका रुपमा विकास गर्नुपर्छ।’ खेलकुद क्षेत्रलाई उद्योगका रुपमा विकास गरेमा लगानी बढ्ने उनले बताएका हुन्।  

कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रमा विगतमा व्यापक राजनीतिकरण हुने प्रचलन भएको बताउँदै भने,‘पहिले खेलकुद क्षेत्रमा व्यापक राजनीतिकरण हुने गरेको थियो, तर अहिले त्यो प्रचलन विस्तारै कम हुँदै गएको छ।’ राजनीतिकरणका कारण खेल क्षेत्र जसरी अगाडि बढ्नुपथ्र्यो त्यो बढ्न नसकेको उनले स्वीकारे। 

कार्यक्रममा उनले धनगढीको फाप्ला मैदानलाई खेलकुद ग्रामकारुपमा विकास गर्न सकिने पनि बताए। ‘फाप्ला मैदानलाई खेलकुदको ग्रामकारुपमा विकास गर्न सकिन्छ,’ मन्त्री गहतराजले भने,‘त्यसका लागि हामी पनि लाग्छौँ।’  

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हर रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहलगायतले शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रममा संघका अध्यक्ष चन्दले नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठूलो संघर्ष गर्दै आइरहेको बताए। उनले भने,‘सरकारी स्तरमा नै क्रिकेटप्रति लगानी कम हुँदै गएको अनुभूति हामीले गरेका छौँ।’ क्रिकेटमा अनुशासन कायम गर्न, पारदर्शी रुपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिवद्ध रहेको समेत उनले बताए। 

संघको वार्षिक साधारण सभा उद्घाटन हुनु पूर्वमन्त्री गहतराजलगायतको टोलीले धनगढीमा प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको अनुगमन गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७८ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App