२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भक्तपुर कप फुटबल: फाइनलका लागि आयोजक र भक्तपुर एफसी भिड्ने

भक्तपुर कप फुटबलको फाइनलमा आयोजक भक्तपुर युवा टिम भक्तपुर र भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) भिड्ने भएका छन्।

भक्तपुरको महेश्वरी खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा केदारनाथ सुटर्सलाई हराउँंदै आयोजक भक्तपुर युवा टिम फाइनलमा नाम दर्ता गराउन सफल भएको हो। आयोजक भक्तपुर युवा टिम र केदारनाथ सुटर्स दुवैले एकएक गोल गरी खेलको निर्धारित समय बराबरीमा टुंगिएको थियो।

त्यसपछि पेनाल्टी सुटआउटमा भक्तपुर युवा टिम ५—४ ले विजयी हासिल गर्न सफल भएको थियो। प्रतियोगितामा भक्तपुर युवा टिमकोतर्फबाट विकेश लामा र केदारनाथ सुटर्सकोतर्फबाट अव्योमीले एकएक गोल गरेका थिए।

बिहीबार नै भएको दोश्रो सेमिफाइनल खेलमा भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) फराकिलो अन्तरले विजयी भई फाइनलमा सान्दारकासाथ प्रवेश गरेको हो। भक्तपुर एफसीले सोल्टी नेपाललाई ६-० को फराकिलो गोल अन्तरका साथ शानदार जित हात निकालेको हो।

प्रतियोगिताको फाइनल खेल शनिबार आयोजक भक्तपुर युवा टिम र भक्तपुर एफसीवीच दिउँंसो १ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगितमा प्रथम हुन सफल टिमले भक्तपुर कपका साथै एक लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाउने छन्। दोश्रो हुने टिमले ५५ हजार नगद प्राप्त गर्ने आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए।

विजयी टिमलाई संघीय सांसद प्रेम सुवालबाट पुरस्तकार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको प्रतियोगिता संयोज सञ्जीव कवांले जनाए। प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७८ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App