१६ चैत्र २०८० शुक्रबार
खेल

मिल्स कप खुला टि-ट्वान्टी हुने

मिल्स कप खुला टि ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना हुँदैछ। फागुनको तेस्रो सातादेखि प्रतियोगिता हुने भएको हो।  

मिल्स क्रिकेट क्लबले विराटनगरमा पत्रकार सम्मेलन गर्दै टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको छ। सो अवसरमा क्लबका अध्यक्ष मुरली चौधरीले भारतका ४ सहित १६ वटा क्लबले प्रतियोगितामा भाग लिने छन्। लामो समयदेखि विराटनगरमा क्रिकेटका गतिविधि र कुनै प्रतियोगिता नभएको हुँदा क्रिकेटलाई चलाएमान बनाउने पनि प्रतियोगिता आयोजना गरेको बताइएको छ।  

१६ टोलीलाई २ समूहमा राखेर आयोजना गरिने नकआउट प्रतियोगिता फागुन २० देखि चैत १ गतेसम्म हुने क्लब अध्यक्ष चौधरीले बताए। प्रतियोगिताका लागि करिब १८ लाख रुपैयाँ अनुमानित बजेट खर्च हुनेछ। ‘प्रतियोगिताका लागि अहिलेसम्म प्रायोजक फेला नपरेको र स्थानीय, प्रदेश सरकारले समेत सहयोग गरेका छैनन्,’ अध्यक्ष चौधरीले भने, ‘प्रतियोगिता आँट र खेलको मायाले सुरु गर्ने जमर्को गरेको रकमको जोहो अहिले आफ्नै कमिटीभित्रैबाट गरिरहेका छौं।’  

प्रतियोगितामा विजेता क्लबले ट्रफीसहित नगद १ लाख ११ हजार, उपविजेता क्लबले ५१ हजार रुपैयाँ जित्ने छन्। प्लेयर अफ दि सिरिज १५ हजार, उत्कृष्ट ब्याट्म्यान र बलरलाई समान १०–१० हजार रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ।  

प्रतियोगितामा भारततको पूर्णिया क्रिकेट क्लब, कानपुर क्रिकेट क्लब, कटिहार क्रिकेट क्लब, जोगबनी क्रिकेट क्लबका साथै विराटनगरबाट आयोजक मिल्स क्रिकेट क्लब, एमसिसिए, पूर्वाञ्चल क्रिकेट क्लब, विराट क्रिकेट क्लब एण्ड एकेडेमी, होराइजन क्रिकेट क्लब, रहेका छन्। झापाबाट प्याट्रिक क्रिकेट क्लब, र बोस्टन क्रिकेट क्लबको सहभागिता रहने प्रतियोगितामा काठमाडौंबाट दि ग्रेट हिमालयन क्रिकेट, सुनसरी ११, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट क्लब, र सिरहा क्रिकेट क्लबको सहभागिता रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App