१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

उद्घाटन खेलमा आयोजक टिम विजयी

भक्तपुरमा शुक्रबारदेखि सुरु भएको भक्तपुर कप २०७८ फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक भक्तपुर युवा टिम विजयी भएको छ। आयोजक टिमले नमस्ते बनेपा फुटबल क्लव बनेपालाई ३-१ ले विजयी भएको हो।

खेल सुरु भएको पहिलो १३ मिनेटमा विजयी टिमका सुरेश खत्रीले पहिलो गोल गरेका थिए। त्यसलगतै दोश्रो गोल पनि विजयी टिमकै विकाश लामाले ४२ औ मिनेटमा गरेका थिए। त्यसलगतै ४२ औं मिनेटमै पराजित नमस्ते बनेपा फुटबल क्लवका अनिल तिमिल्सिनाले गोल फर्काएका थिए।

खेलको ६१ औ मिनेटमा विजयी भक्तपुर युवा टिमकै सुरेश खत्रीले दोश्रो गोल गरी एकका विरुद्ध तीन गोलको फरकले आयोजक युवा टिम विजयी भएको हो। प्रतियोगितामा आयोजक विजयी टिमका सुरेश खत्री म्यान अफ दी म्याच घोषित भए। साथै विजयी टिमकै सुदर्शन श्रेष्ठ राइजिग प्लेयरको रुपमा घोषित भए।

दुवै टिमलाई नगदका साथ पुरस्कार प्रदान गरिएको थियो। साथै गोर्खा इको प्यानलका अध्यक्ष विश्वराम कवांले कम्पनीकोतर्फबाट दुवैलाई उपहार प्रदान गरेका थिए। प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरु हुने जनाइएको छ। प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ।

प्रकाशित: ६ फाल्गुन २०७८ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App