१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चेल्सी क्लब विश्वकप खेल्न अबुधाबीमा

चेल्सीले बुधबार क्लब विश्वकपको सेमिफाइनलमा बुधबार अल हिलालको सामना गर्दै छ।

थोमस टचेलको टोलीले ४ दिनअघि मात्र प्लिमाउथलाई अतिरिक्त समयमा पराजित गर्दै एफए कपको पाँचौं चरणमा प्रवेश गरेको थियो। क्लब विश्वकपको लागि चेल्सी अबुधाबी भ्रमणमा निस्किएपछि टचेलको टोलीले खेल्ने इङ्लिस प्रिमियर लिगका दुई खेलपछि सारिएको छ।

यसअघि सन् २००५ देखि प्रिमियर लिगका ५ टोलीले क्लब विश्वकपको यात्रा गर्दा त्यहाँबाट फर्किंदा स्वाभाविक लय गुमाउनु परेको छैन।

उनीहरूले कम्तीमा एक उपाधि जितेका छन्। प्रिमियर लिगमा पनि उनीहरूको स्थानमा कुनै परिवर्तन आएको छैन।

म्यानचेस्टर युनाइटेड २००८–९ र लिभरपुलले २०१९–२० सिजनमा प्रिमियर लिगको उपाधि जितेका थिए। क्लब विश्वकप जितेपछि युनाइटेडले इङ्लिस लिग कपको समेत उपाधि जितेको थियो। लिभरपुलले २००५–६ मा एफए कप र चेल्सीले २०१२–१३ सिजनमा युरोपा लिगको उपाधि जितेका थिए। यी दुवै टोली क्लब विश्वकपको फाइनलमा निराश भएका थिए।

प्रकाशित: २६ माघ २०७८ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App