८ वैशाख २०८१ शनिबार
खेल

योङ सेफ ओलिम्पियाडको आयोजना हुँदै

यही माघ १६ देखि २२ गतेसम्म इन्टरनेसनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा पिइन्टरनेसनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आइआइएचएम) इन्डियाद्वारा आयोजित योङ सेफ ओलिम्पियाड भर्चुअल रूपमा सञ्चालन हुँदैछ।

यो कार्यक्रम सन् २०१५ देखि सुरु गरिएको हो। कार्यक्रममा ‘सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेनरसिप इन कोलाबोरेसन विथ एकेडेमी अफ क्युलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट’ ले सुरुदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ। कार्यक्रममा संसारभरिका ४० देखि ६० वटा राष्ट्र सहभागी हुँदै आएका छन्।

यस पटक नेपालको प्रतिनिधित्व गर्दै यस कलेजका छात्र अजय पुनले प्रतिस्पर्धा गर्दै छन् भने मेन्टरको भूमिकामा सेफ सूर्य महत प्रस्तुत हुँदै छन्। प्रतिस्पर्धामा नेपालसहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदै छन्। ती राष्ट्रहरूलाई आठवटा समूहमा विभाजित गरिएको छ। उक्त विभाजनअनुसार नेपाल छैटौं समूहमा पर्दछ। कार्यक्रमको उद्घाटन ३० जनवरीमा हुनेछ भने नेपालले १ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ।

एकेडेमी अफ क्युलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्ट्स नामक कोर्सका साथ सञ्चालनमा आएको हो। उक्त कोर्सबाट अहिलेसम्म ९ सयभन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र आफ्नो करियर अगाडि बढाउन सहयोग पुग्दै आएको छ।

प्रकाशित: १३ माघ २०७८ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App