२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेमिफाइनलमा ओसाका

अस्ट्रेलियन ओपनकी डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका जर्मनीकी आन्द्रिया पेटकोभिचलाई हराउँदै मेलबर्न समर सेटको सेमिफाइनलमा पुगेकी छन्।

जापानिज स्टार ओसाकाले पहिलो सेट २६ मिनेटमा आफ्नो बनाए पनि दोस्रो सेटमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी हुन्। उनले ६–१ र ७–५ ले जित निकाल्दै सेमिफाइनलमा तेस्रो वरीयता प्राप्त रसियाकी भेरोनिका कुदरमेतोभासँगको भेट पक्का गरेकी छन्।

रसियन स्टार भेरोनिकालेले भने आफ्नै देशकी एनास्टासिया पोतापोभामाथि ६–२, ४–६ र ६–० को संघर्षपूर्ण जित निकालेकी थिइन्। सुरुदेखि नै लयमा देखिएकी ओसाकाले दुवै साइडबाट स्मास प्रहार गर्दै जर्मन प्रतिद्वन्द्वीमाथि दबाब बनाउँदा ५–० को अग्रता लिएकी थिइन्।

अन्तमा भने आन्द्रियाले खेल आफ्नो नियन्त्रणमा राख्न सफल हुँदा एक म्याच प्वाइन्ट प्राप्त गरिन्। त्यसपछि लयमा फर्कने संकेत गरेकी आन्द्रियाले दोस्रो सेटमा चुनौती दिए पनि सफलता पाउन भने सकिनन्।

दोस्रो सेटमा चार पटकको ग्रान्ड स्लाम च्याम्पियन ओसाकामाथि ४–२ को अग्रता लिए पनि आन्द्रियाले त्यसलाई जोगाउन असफल भइन्। त्यहाँबाट उत्कृष्ट पुनरामगन गर्दै ५–५ को बराबरीमा गरेकी ओसाकाले त्यो सेट आफ्नो बनाउँदै सोझो सेटमा सफलता पाइन्। खेलपछि ओसाकाले कुनै खेलाडीले आफूलाई पछि पारेको स्थिति भनेको उनले अस्ट्रेलियन ओपनका लागि राम्रो तयारी गरेको  प्रतिक्रिया दिइन्।

‘मैले यो प्रतियोगिता खेल्नुको कारण नै चुनौतीका बारे जानकारी प्राप्त गर्नु हो,’ ओसाकाले भनिन्, ‘मैले उनीसँग खेल्दा राम्रो शिक्षा पाएको जस्तो लाग्छ। उनले कुनै पनि पक्षमा हार मानिनन् र राम्रो चुनौती दिइन्।

मैले पनि सोही किसिमको चुनौती प्रस्तुत गरें जस्तो लाग्छ ।’ दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन सिमोना हालेपले संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान बनाएकी छन्। रड लोभेर एरिनामा पूर्व नम्बर एक हालेपले स्विट्जरल्यान्डकी भिक्टोरिया गोलुबिचलाई ६–२, ५–७ र ६–४ ले हराउँदै सेमिफाइनलमा चीनकी झेङ किनवेनसँगको भेट पक्का गरिन्।

गत वर्ष चोटका कारण संघर्ष गरेकी सिमोना यो प्रतियोगिताको उपाधि उचाल्दै मनोबल बटुल्न चाहन्छिन्। ‘आज निकै संघर्ष गर्नुपर्‍यो,’ गत वर्ष फ्रेन्च ओपन, विम्बल्डन र ओलम्पिक गुमाएकी सिमोनाले भनिन्, ‘आज मैले जित्छु जस्तो नै लागेको थिएन। तर, मैले जित निकालें। संघर्षमा सफलता प्राप्त हुँदा निकै खुसी भएकी छु।’

प्रकाशित: २४ पुस २०७८ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App