२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

टाइम्स र रोयल फाइनलमा

प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार टाइम्स र रोयल फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन्। चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्‍यो। 

राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको टाइम्सको जितमा नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५/१५ अंक योगदान गरे। पहिलो क्वार्टरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउँदै जितअन्तर फराकिलो बनाएको थियो। टाइम्सले दोस्रोमा १६–१०, तेस्रोमा १६–८ र चौथोमा २१–१५ को प्रदर्शन गर्‍यो।

अर्को सेमिफाइनलमा सौरभ श्रेष्ठको १७ अंक सहयोगमा रोयलले गोल्डेनगेटमाथि ७९–७० रोमाञ्चक जित निकाल्यो। सुरुका तीन क्वार्टर रोयलले क्रमशः २९–१८, १४–११ र २१–१५ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गर्‍यो। 

चौथो तथा अन्तिम क्वार्टरमा गोल्डेनगेटले २६–१५ को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन। फाइनल शनिबार हुनेछ। शिव सेना नेपाल ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। मोस्ट भेलुएबल प्लेयरलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: २४ पुस २०७८ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App