२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

टाइम्स र रोयल सेमिफाइनलमा

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन्। टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्‍यो। टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे।

चारै क्वार्टर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर गर्‍यो। अजय कुशवाहको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो। पहिलो क्वार्टरमा २१–६ को अग्रता बनाएको रोयल दोस्रोमा १८–२१ ले पछि पर्‍यो। रोयलले तेस्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो। शिव सेना नेपाल ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो।

गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो। गोड्सका मिनेश शाक्यले १५ अंक जोडे। दोस्रो क्वार्टर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो। गोड्सले पहिलोमा १२–११, तेस्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन गर्‍यो। अर्को लिग खेलमा गोल्डेन गेटले बिएमकेमाथि ७९–५७ को जित रच्यो।

गोल्डेन गेटका विक्रम डंगोलले २७ अंक जोडे। पहिलो क्वार्टरमा १७–२२ ले पछि परेको गोल्डेन गेटले खेलमा पुनरागमन गर्दै जित आत्मसात् गर्‍यो। गोल्डेन गेटले दोस्रो क्वार्टर २०–१२, तेस्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पार्‍यो। लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेन गेटको सामना गर्नेछ। यही खेलले सेमिफाइनल समीकरण तयार गर्नेछ।

प्रकाशित: २२ पुस २०७८ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App