२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुर्य नेपाल इष्टर्न ओपन गल्फः धन थापाको टोलीलाई प्रो–एमको उपाधि

सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा प्रो एम स्पर्धाको उपाधि व्यवसायिक खेलाडी धनबहादुर थापाको टोलीले जितेको छ।

पार ७० को धरान गल्फ कोर्षमा बिहीबार भएको स्पर्धामा कूल १५२ स्कोरका साथ थापाको टोली प्रो एम विजेता भएको हो। थापाको टोलीमा एमेच्योर खेलाडीहरु पेम्बा शेर्पा, रुपेन्द्र गुरुङ र जितेन्द्र राई थिए। थापाले ३७ स्कोर खेले भने एमेच्योर खेलाडीहरु शेर्पाले ४१, गुरुङले ३७ र राईले ३७ स्कोर खेलेका थिए।

यसैगरि, व्यवसायिक खेलाडी निरज तामाङको टोली १४५ स्कोरका साथ दोस्रो भयो। निरजले ३७ स्कोर गर्दा उनको टोलीमा रहेका एमेच्योर खेलाडीहरु एसपी भीम दाहालले ३६, तुलसी सुब्बाले ३६ र राम तामाङले ३६ स्कोर गरेका थिए।

यस्तै, अर्का व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टोली १४२ स्कोरका साथ तेस्रो भयो। स्पर्धामा उनले ३४ स्कोर खेलेका थिए। उनको टिममा भएका एमेच्योर खेलाडीहरु भरत तामाङले ३६, काजी लिम्बुले ३६ र विनोद राईले ३६ स्कोर खेलेका थिए।स्पर्धाको क्लोजेट टु दिन पिनको पुरस्कार राम तामाङले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार संगम केसीले जिते। साथै, वेष्ट इन्डिभिज्युल स्कोर लेडिजको पुरस्कार तारा कुमारी चित्रकारले जितिन्।

प्रो एम स्पर्धामा ५७ एमेच्योर र १४ जना व्यवसायिक खेलाडी गरी कूल ७१ जना सहभागी थिए। विजेता खेलाडीहरुलाई १ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारी, धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी, नेपाल प्रहरीका एआइजी हरिबहादुर पाल, सुर्य नेपाल प्रालिका एसिस्टेष्ट ब्राण्ड मेनेजर नवीन सरोज, धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र बिक्रम लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए।

चार दिनसम्म प्रतियोगिताको मुख्य स्पर्धाको उपाधि बुधबार नेपालका नम्बर १ गल्फर शुक्रबहादुर राईले जितेका थिए।

प्रकाशित: १५ पुस २०७८ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App