८ वैशाख २०८१ शनिबार
खेल

नेपाल जितविहीन

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल एसिसी यु १९ एसिया कपमा जितविहीन बनेको छ।

समूह बी मा सुरुआती दुई खेलमा क्रमश बंगलादेश र श्रीलंकालाई नतिजा सुम्पिएको नेपाल यसअघि नै समूहचरणबाट बाहिरिसकेको थियो। त्यस्तै कुवेत पनि दुई खेल गुमाउँदै समूहचरणबाट बाहिरिएको थियो। त्यसैले नेपाल र कुवेतबीचको खेल प्रतिष्ठाको लडाइँ मात्र थियो। जहाँ कुवेतले बाजीमा मार्‍यो।

नेपालले प्रस्तुत गरेको दुई यस ४० रनको लक्ष्य पछ्याएको कुवेतले ४८. ५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो। कुवेतका कप्तान मीत भावसारले अविजित १ सय ७५ रन बनाए।

कुवेतका लागि कप्तान तथा ओपनर मीत भावसार र जुड सल्धानाले पहिलो विकेटका लागि १ सय ९ रनको साझेदारी गदै कुवेतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। भावसारले १ सय ४९ बलमा २४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै साल्धनाले ४२ बलमा ३ चौकाको मद्दतमा २५ रन जोडे।

नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने विवेक यादव, शेर मल्ल र वासिर अहमदले समान २ विकेट लिए। यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३९ रनको योगफल खडा गरेको थियो।

नेपालले सुखद सुरुआत भने गर्न सकेन। पहिलो ओभरको पाँचाैँ बलमा नेपालले ओपनर सन्तोष कार्कीलाई गुमायो। थप ८ रन जोड्दा नेपालले कप्तान देव खनाललाई पनि सस्तोमा गुमायो। २७ रनको स्कोरमा अर्जुन साउदलाई पनि गुमाउँदा नेपाल ४.३ ओभरमा २७–३ को कठिन अवस्थामा आइपुगेको थियो।

चौथो विकेटका लागि वासिर अहमद र विवेक यादवले ९२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। विवेकले ७१ बलमा ६ चौकाको मद्दतमा ५० रनको योगदान दिँदा वासिरले ६१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे। त्यस्तै मोहम्मद आदिल आलमले ४२ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४९ र शेर मल्लले २६ बलमा ३ चौका प्रहार गरे।

कुवेतका मिर्जा अहमेद र अब्दुल सादिकले समान ३ विकेट लिँदा मोहम्मद बास्ताकी र हेनरी थोमसले समान दुई विकेट लिए।

प्रकाशित: १४ पुस २०७८ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App