४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

उद्घाटन खेलमा सिद्धिदास मावि फराकिलो अन्तरले विजयी

भक्तपुरमा बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामा उद्घाटन खेलमा सिद्धिदास मावि भक्तपुर फराकिलो अन्तरले विजयी भएको छ। भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा भएको प्रतियोगिता आयोजक स्प्रिङडेललाई शुन्यका विरुद्ध पाँंच गोलको फराकिलो अन्तरले सिद्धिदास मावि विजयी भएको हो।  

भक्तपुरको महेश्वरी खेल मैदानमा सुरु भएको दोश्रो दिन बिहीबारको पहिलो खेल ख्वपृंग इंगलिश स्कुल लिवाली भक्तपुर र मदरल्याण्ड स्कुल बाचामारी भक्तपुरवीच हुनेछ। दोश्रो खेल भने विनायक स्कुल मध्यपुर थिमि र रोम्वस स्कुल कमलविनायक भक्तपुरवीच हुने जनाइएको छ। 

प्रकाशित: ७ पुस २०७८ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App