२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

जेभियर र टाइम्सलाई अक्सब्रिज कप

जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले मंगलबार प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

जेभियर ब्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन भएका हुन्। आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा सम्पन्न ब्याचलर्सको फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्‍यो। जेभियरका निकेश मगरले १० अंक जोडे।

मंगलबारै सम्पन्न सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए। प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो। टाइम्सका पेम्बा शेर्पाले सात स्कोर गरे।

त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले पन्छ्याउँदै फाइनलको यात्रा तय गरेका थिए। ब्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डे र इक्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा ब्याचलर्स र प्लस टुतर्फ समान २० टोली सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जानकारी दिए।

प्रकाशित: ७ पुस २०७८ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App