७ वैशाख २०८१ शुक्रबार
खेल

काठमाडौं महानगर च्याम्पियन

काठमाडौं महानगरपालिकाले दोस्रो बाग्मतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ। जैसीदेवल युथ क्लबको आयोजनमा ६ स्वर्ण, पाँच रजत र एक कांस्य जित्दै काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित कुल २० टोलीले प्रतिस्पर्धा गरेका थिए। तीन स्वर्ण, एक रजत र चार कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो।

गोदावरी नगरपालिकाले तीन स्वर्ण र तीन कांस्य हात पार्दै तेस्रो स्थान प्राप्त गर्‍यो। ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए। पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागर्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा काठमाडौंका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने।

निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौंकी बन्दना राई उत्कृष्ट ठहरिए। पेयरमा उत्कृष्टबाहेक सबै उत्कृष्टले समान एक सय अमेरिकी डलर नगद पुरस्कार पाए। पेयरका उत्कृष्टलाई जनही ५० अमेरिकी डलर प्रदान गरिएको थियो। विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: ७ पुस २०७८ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App