८ वैशाख २०८१ शनिबार
खेल

डोरीतान प्रतियोगितामा देउराली मावि प्रथम

सदरमुकाम धादिङबेसीमा भएको डोरीतान प्रतियोगितामा देउराली माध्यमिक विद्यालय, नीलकण्ठ –८ प्रथम भएको छ। शनिबार भएको फाइनलमा प्रथम हुँदै देउरालीले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन्।

नेपाल डोरी तान संघ धादिङको आयोजनामा भएको विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा जिल्लाका १७ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा चिल्ड्रेनपार्क बोर्डिङ स्कूल द्धितीय र नीलकण्ठ मा.वि. तृतीय भएका छन्। द्धितीय र तृतीय हुने समूहहरुलाई क्रमशः १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ। जिल्लास्तरमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरुको उत्साहपूर्ण सहभागिता रहेको नेपाल डोरीतान संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए।

प्रकाशित: ३ पुस २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App