१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन विराटनगरलाई हराउँदै जनकपुर विजयी

काठमाडौं- जनकपुरले वाइवाइ यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार भएको फाइनलमा जनकपुरले डिफेन्डिङ च्याम्पियन विराटनगरलाई २७ रनले हरायो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १३१ रन बनायो। टोलीबाट ममता चौधरीले ५० बलमा ५५ रन बनाइन्। त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ३३ र सरिता चौधरीले १३ बलमा अविजित २३ रन बनाइन्।
विराटनगरका लागि सबनम राईले २ विकेट लिइन्। जवाफी ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाई १०४ रन मात्र बनाउन सक्यो। संगीता राईले ४० बलमा ३२ र रमा थापाले ३० बलमा अविजित २४ रन बनाइन्। जनकपुरकी आरती चौधरीले २ विकेट लिइन्।
जनकपुरले तीन वर्षयता दोस्रोपटक उपाधि जितेको हो। जनकपुर दुई वर्षअघिको पहिलो संस्करणको विजेता हो। गत वर्ष विराटनगरले भैरहवालाई हराउँदै प्रतियोगिता जितेको थियो।

प्रकाशित: ५ मंसिर २०७१ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App