४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानद्वारा शृंखला क्लिन स्विप

स्पिनर साजिद खानले १२ विकेट लिएको दोस्रो टेस्टमा पाकिस्तानले बुधबार घरेलु टोली बंगलादेशमाथि एक इनिङ र आठ रनको जित निकाल्दै दुई खेलको शृंखला क्लिन स्विप गरेको छ।

अलराउन्डर सकिब अल हसनले बंगलादेशको मध्यक्रम समाल्ने प्रयास गरे पनि घरेलु टोलीलाई बराबरीको सफलता दिलाउन सकेनन्। सन्ध्याको खेल सकिन केही मिनेट बाँकी छँदा नै बंगलादेशले विकेट गुमाएपछि पाकिस्तानले ढाकामा खराब प्रकाशबाट प्रभावित दोस्रो टेस्टमा जित रच्यो। सकिबले १ सय ३० बलमा ६३ रनका साथ अलराउन्डरको करियरमा चार हजार रनसहित दुई विकेटको आँकडा पार गरे। यससँगै उनले इयान बोथमको नाममा रहेको लामो समयदेखिको रेकर्ड पछि पारेका हुन्। सातौं विकेटका लागि सकिबले मेहिदी हुसेनसँग ५१ रनको साझेदारी गर्दै बंगलादेशलाई आशा जगाएका थिए।

तर, पाकिस्तानका कप्तान बाबर आजमले हुसेनलाई एलबिडब्लु सिकार बनाउँदै त्यो आशा तोडे। ‘यो अवस्था मैले बलिङ गर्नुपर्छ जस्तो लाग्यो। त्यसैले बलिङ गरेँ र सफलता पनि पाएँ। त्यो विकेटले निकै खुसी पनि भएको छु,’ करियरको पहिलो टेस्ट विकेट लिएका बाबरले भने।

ओपनरले राम्रो सुरुआत दिलाउँदा खराब प्रकाशका बावजुद पनि घरेलु टोलीमाथि दबाब सिर्जना गर्न सकेको पाकिस्तानका कप्तान बाबरको भनाइ थियो। पहिलो इनिङमा ८–४२ को सानदार बलिङ गरेका साजिदले दोस्रो इनिङका  महत्त्वपूर्ण खेलाडी सकिबलाई आठौं विकेटका रूपमा आउट गरेपछि पाकिस्तान जितनजिक पुगेको थियो।

त्यसपछिका दुई विकेट पनि लिँदै साजिदले घरेलु टोलीको इनिङ धराशयी बनाए। त्यसअघि मुस्फिकर रहिमले ४८ रन र लिटन दासले ४५ रनबाहेक घरेलु टोलीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ‘पहिलो इनिङको तुलनामा दोस्रो इनिङमा हामीसँग राम्रो अवसर थियो,’ बंगलादेशका कप्तान मोमिनुल हकले भने, ‘तर सिनियर खेलाडीले जस्तो अन्यले सोही किसिमको प्रदर्शन गर्न सकेनन्।’ अन्तिम दिन पहिलो इनिङमा खातामा थप ११ रन जोड्दा तीन विकेट गुमाएपछि बंगलादेश ८७ रनमै समेटिएको थियो। त्यससँगै बंगलादेशसामु घरेलु भूमिमा २ सय १३ रनको स्कोर खडा भए पनि जोगाउन सकेन।

उक्त खेलमा पाकिस्तानका अबिद अली प्लेयर अफ दी सिरिज घोषित भए।

प्रकाशित: २३ मंसिर २०७८ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App