२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अध्यक्ष फुटबल कप मंसिर २५ गतेदेखि

खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखेर सुनसरीको गढी गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता मंसिर २५ गतेदेखि हुने भएको छ। प्रतियोगिता पुस ३ गतेसम्म चल्नेछ।

गढी गाउँपालिकको आयोजनामा हुन लागेको प्रतियोगितामा विजेता टीमलाई नगद ७१ हजार प्रदान गरिनेछ। यस्तै, उपविजेता टीमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जाकारी दिइयो। खेलमा प्रत्येक विधामा उत्कृष्ट हुनेलाई जनही एक हजार रुपैयाँ पुरस्कार  प्रदान गरिनेछ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल सात लाख रुपैयाँ बजेट छुट्याइएको छ। प्रतियोगितामा छ वटा वडाका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। फुटबल प्रतियोगिता यूथ फर प्लानिङ् एण्ड एक्सन क्लब गढीको संयोजनमा हुन लागेको हो।

प्रकाशित: २२ मंसिर २०७८ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App