२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रकाश र राममाया पहिलो

जुम्लाका प्रकाश कठायत र राममाया बुढा युथ एथलिट च्याम्पियनसिपको यु–२० अन्तर्गत तीन हजार मिटर दौडमा पहिलो भएका छन्।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको प्रतियोगिताको पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पूरा गर्दै पहिलो भए। कपिलवस्तुका अजय पाण्डे दोस्रो र ललितपुरका महेश सिजाली तेस्रो भए। यु–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन्। जुम्लाकै बमजना बुढाले रजत र सुर्खेतकी विमला कार्कीले कांस्य जिते।

एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको यु–१६ पुरुष लङ्जम्पमा ६ मिटर ६८ सेन्टिमिटर फल हान्दै कपिलवस्तुका सुजित थारूले स्वर्ण जिते। कपिलवस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदीप महतोले कांस्य जितेका छन्। महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फल हान्दै दाङकी करुणा रिजाल पहिलो, दाङकै सुशीला चौधरी दोस्रो र नुवाकोटकी धनु राई तेस्रो भए।

यु–२० पुरुष लङजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फल हान्दै बर्दियाका रामलखन थारू पहिलो, नवलपरासीका सलिन देवाङ दोस्रो र बर्दियाका रोशन थारू तेस्रो भएका छन्। महिलातर्फ पाँच मिटर ७७ सेन्टिमिटर फल हान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो, दाङकी सीमा चौधरी दोस्रो र बर्दियाकी रविना थारू तेस्रो भए। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।

प्रकाशित: २१ मंसिर २०७८ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App