३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बालदिवसमा छात्राछात्र सडक दौड

बाल दिवसको अवसर पारेर आगामी मंसिर ४ गते पोखरामा छात्राछात्र सडक दौड आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समिति कास्कीले बाल दिवस मनाउने क्रममा विद्यालयस्तरीय छात्राछात्र सडक दौड आयोजना गरिने जनाएको छ।  

१६ वर्ष उमेर समूहका छात्रा छात्रहरुले प्रतिस्पर्धा गर्न पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। दौड तीन किलोमिटर दुरीको हुनेछ। पोखरा–६ खहरेबाट शुरु हुने दौड खपौंदी पुगेर टुंगिनेछ। खपौंदीस्थित प्याराग्लाईडिङ ल्याण्डिङ क्षेत्रमा पुगेर दौड पुरा हुने जनाइएको छ।  

कोभिड–१९ को आक्रान्तसँगै सुस्ताएको खेलकुदलाई विद्यालय छात्रा छात्र दौड मार्फत अगाडि बढाउने अभियानसहित यो दौड आयोजना गरिएको छ। प्रतियोगिताको रुपमा कास्की जिल्ला खेलकुद विकास समितिको पहिलो कार्यक्रम समेत हो। यस अघि पोखरा महानगर खेलकुद विकास समितिले सडक दौड तथा विद्यालयस्तरीय छात्रा छात्र दौड आयोजना गरेको थियो।  

दौडलाई गण्डकी प्रदेश खेलकुद परिषदले आर्थिक सहयोग गरेको छ। प्रदेश खेलकुदले ४५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। खर्च १ लाख ५० हजार हुने अनुमान गरिएको छ । विभिन्न संघसंस्थासँग सहयोग जुटाईने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।  

विजेता धावकले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छ। दोस्रो हुनेले ७ हजार रुपैयाँ, तेस्रो हुने धावकले नगद ५ हजार र सान्त्वना स्वरुप २ हजार रुपैयाँ प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले जानकारी दिए। प्रतियोगिताको लागि ७ सदस्यीय उपसमिति समेत गठन गरिएको छ।  

प्रकाशित: २४ कार्तिक २०७८ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App