१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापालाई भेट्रान फुटबलको उपाधि

झापा भेट्रान फुटबल क्लबले खुमलटार भेट्रान फुटबल क्लबविरुद्ध पुनरागमनमा २–१ को जित निकाल्दै भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार निकै प्रतिस्पर्धात्मक बनेको फाइनल राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हरि खड्काको झापा र राष्ट्रिय टोलीका पूर्वसदस्य जुमानु राईको खुमलटारबीच थियो। सोही क्रममा खुमलटारले २७औं मिनेटमा अग्रता निकालेको थियो। खुमलटारका कप्तान नरेन्द्र लामाले गोल गर्दै खाता खोलेका थिए।

त्यसपछि दबाबमा परेको झापाले पहिलो हाफमा खेलमा फर्किन निकै कसरत गरे पनि सफल हुन सकेन। दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै झापा खेलमा फर्किन सफल भयो। ३९औं मिनेटमा श्यामकुमार गोलेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि झन् रोमाञ्चक बनेको फाइनलमा दुवै टोलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरिरहे। तर पाएका केही राम्रा अवसर दुवै टोलीले सदुपयोग गर्न सकेनन्। इन्जुरी समयमा काउन्टर गर्ने क्रममा झापा गोल गर्न सफल भयो। बराबरी गोल फर्काएका श्यामकुमार गोलेले नै विजयी गोल गर्दै टोलीको जित पक्का गरे।

विजेता झापाले नगद ५ लाख रूपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रूपैयाँ प्राप्त गर्‍यो। व्यक्तिगत विधातर्फ झापाका श्यामकुमार गोले प्लेयर अफ दी म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रूपककुमार गुरुङ उत्कृष्ट गोलकिपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए।

यस्तै खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट प्राप्त गरे। फुटबलर्स मिसन टुगेदरले आयोजना गरेको प्रतियोगितामा २१ टोलीले सहभागिता जनाएका थिए। आयोजकले सहभागी टोलीलाई सात समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाएको थियो।

प्रकाशित: १७ कार्तिक २०७८ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App