४ वैशाख २०८१ मंगलबार
खेल

उपमेयर महिला फुटबल

बेदकोट नगरपालिका र सुनकोसी नगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकाल्दा अर्को खेलमा सुनकोसीले धनकुटा नगरपालिकालाई ४–१ ले पराजित गरेको हो। 

बराक्षेत्रमाथि सुरुआतबाट नै हाबी भएको बेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो। कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।

त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा शोभा क्षत्रीले टोलीका लागि तेस्रो गोल थप्दा बेदकोटले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। दोस्रो हाफमा बराहक्षेत्रले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र बेदकोटले पहिलो हाफमा निकालेको नतिजा पर्याप्त बन्यो। 

छनोट प्रतियोगिताअन्तर्गत बिहीबारै भएको अर्को खेलमा सुनकोसी नगरपालिकाले धरान एसएमसीलाई ४–१ ले पराजित गर्‍यो। यस खेलमा अनु लामा वुमन अफ दी म्याच घोषित भइन्।

बिहीबार स्थगित भएको छैटौं नम्बरको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९–० गोल अन्तरले पराजित गर्‍यो। काठमाडौंको जितमा जेनिफर रानाले ४ गोल गरिन्। सरस्वती ऐरले ह्याट्रिक पूरा गर्दा यस्तै गरिमा राई र मनीषा थापामगरले एक/एक गोल गरे।  

जितसँगै समूह ‘ई’ को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो। तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन। यस समूहबाट इलामको रोङ गाउँपालिका नकआउट चरणमा यसअघि नै प्रवेश गरेको छ। रोङले २ खेलमा ४ अंक जोड्यो। तर, रोङ गोलअन्तरमा अघि रहँदै नकआउट चरणमा पुगेको हो।

प्रकाशित: १२ कार्तिक २०७८ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App