२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

शिवसताक्षीको दोस्रो जित

देवचुली नगरपालिकामाथि १–० को रोमाञ्चक जित निकाल्दै झापाको शिवसताक्षी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतबार भएको प्रतिस्पर्धामा देवचुली नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै शिवसताक्षीले दोस्रो जित निकालेको हो। 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शिवसताक्षीका लागि शर्मिला राईले ३०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई ४–० गोलअन्तरले हराएको थियो। सोही लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिएको हो।  

प्रतियोगिताअन्तर्गत आइतबारकै अर्को खेलमा काठमाडौं महानगरपालिका र रोङ नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडे। यस्तै बर्दियाको बाँसगढी नगरपालिकाले पनि जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्समै भएको खेलमा पुतलीबजार नगरपालिकालाई १८–० को गोलअन्तरले पराजित गर्दै बाँसगढीले दोस्रो जित निकालेको हो। बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ९ गोल गरिन्। रेनुका हमालले ५ तथा दुर्गाकुमारी चौधरीले २ गोल गर्दा सुस्मिता चौधरी र मनिका घर्तीमगरले एक/एक गोल गरे।  

३१ टोलीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितालाई आयोजक एन्फाले १० समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइरहेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।

प्रकाशित: ८ कार्तिक २०७८ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App