२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाली यु–२३ टोली ताजिकिस्तानतर्फ

एएफसी यु–२३ एसियन कप छनोट खेल खेल्नका लागि मंगलबार नेपाली यु–२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ।  

नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। छनोट खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर टोलीका केही खेलाडीलाई समावेश गर्दै आइतबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए।

११ समूहरहेको छनोटमा नेपाल समूह ‘बी’ मारहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनानर इरानरहेका छन्। छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछ। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट पाँच टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन्। 

नेपालले समूहचरणको पहिलो खेलमा इरानसँग अक्टोवर २५ मा खेल्नेछ भने दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्नेछ। यस्तै छनोटको अन्तिम खेल लेबनानसँग अक्टोवर ३१ मा खेल्नेछ। छनोटअघि नेपालले अक्टोवर २२ मा इन्डोनेसियाको यु–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिकारहेको एन्फाले जनाएको छ। 

प्रकाशित: ३ कार्तिक २०७८ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App