coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिर्जन बोगटीको ह्याट्रिक

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा जारी प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका खेलमा चार टोलीले जित निकालेका छन्।  

नगरपालिकास्तरीय प्रतियोगितामा आयोजक मेलचौर युवा जागरण बी, जलकिने युथ क्लव, वडा नं. ६ र सुनौलो बिहानी अभियानले विजय हासिल गरेका हुन्। दिनको पहिलो खेलमा मेलचौरले रानीटार युवा क्लवलाई २–० गोलले हरायो। 

मेलचौरको जितमा आदर्श दंगाल र अभिषेक दंगालले एक/एक गोल गरे। मेलचौरकै निरोज दंगाल म्यान अफ दी म्याच घोषित भए। अर्को खेलमा जलकिनेले जुगल बोर्डिङ स्कुललाई ४–० को फराकिलो गोलअन्तरमा हरायो।  

जलकिनेको जितमा सिर्जन बोगटीले ह्याट्रिक गर्दा असीम राईले अर्को गोल थपे। सिर्जन नै खेलको म्यान अफ दी म्याच चुनिए। प्रदीप बुढाथोकीको म्यान अफ दी म्याच प्रदर्शित तेस्रो खेलमा वडा नं. ६ ले इर्खु स्पोर्ट्स क्लबलाई १–० गोलले स्तब्ध बनायो। प्रकाश खत्रीको दुई गोल प्रेरित अन्तिम खेलमा सुनौलो बिहानी अभियानले वडा नं. १३ लाई २–० ले पाखा लगायो। सुनौलाका भीमबहादुर म्यान अफ दी म्याच भए। म्यान अफ दी म्याच घोषित चारै खेलाडीले ट्रफी पाए। 

प्रकाशित: २२ आश्विन २०७८ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App