१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पाँचौं सेटमार्फत नतिजा निक्लिएका सेमिफाइनल खेलमा सफलता निकाल्दै शुक्रबार सशस्त्र प्रहरी बलको एपिएफ र होङ्वान्जी न्यु डायमन्ड क्लबले एनभिए क्लब महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएका खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र न्यु डायमन्डले नेपाल पुलिस क्लबमाथि ३–२ को सेटमा जित निकाल्दै शनिबार उपाधि भिडन्त पक्का गरेका हुन्। 

पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्पmका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्दा पाँचौं सेटमार्फत मात्र नतिजा टुङ्गिए।

पहिलो सेमिफाइनलमा आर्मी विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन एपिएफविरुद्ध सबै सेटमा जित नजिक पुगे पनि फाइनलमा यात्रा तय गर्न असफल रह्यो। एपिएफले पहिलो सेट २७–२५ ले आफ्नो बनाउँदै आर्मीविरुद्ध उच्च मनोबल बनायो। तर, त्यसपछिका दुवै सेट भने आर्मीले आफ्नो पक्षमा पार्दै सनसनी मच्चायो। उक्त सेट आर्मीले २५–२१ र २७–२५ ले जित्यो। त्यसपछि समालिएको एपिएफले २६–२४ ले चौथो सेट आफ्नो बनाउँदै खेलको नतिजा पाँचौं सेटतर्पm धकेल्यो।  

निर्णायक सेटमा भने अनुभवी खेलाडीले भरिएको एपिएफले आर्मीविरुद्ध बाजी मा¥यो। उक्त सेट एपिएफले १५–१३ ले आफ्नो बनाउँदै फाइनल पुग्ने आर्मीको सपना पूरा हुन दिएन। नेपाल पुलिस र न्यु डायमन्डबीचको दोस्रो खेल पनि निकै नै रोमाञ्चक बन्यो र पाँचौं सेटबाट नै खेलको नतिजा टुङ्गियो। 

जहाँ न्यु डायमन्डले पुलिसमाथि ३–२ को जित निकाल्दै चिर परिचित प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गर्‍यो। पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पिएको न्यु डायमन्डले २५–१७ ले दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमन गर्‍यो। तर, पुलिसले तेस्रो सेट २५–२१ ले आफ्नो बनाउँदै पुनः अग्रता लियो। चौथो सेटमार्फत फेरि न्यु डायमन्ड खेलमा फर्किन सफल भयो र २५–१७ ले सेट जित्यो।

सुरुआतीदेखि नै अग्रता बनाएको न्यु डायमन्डले १५–१३ ले अन्तिम सेट आफ्नो बनाउँदै छैटौं संस्करणमा पनि फाइनलको यात्रा तय गर्‍यो। पुरुषतर्फ टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच शनिबार उपाधि भिडन्त हुने भएको छ। शुक्रबार भएका सेमिफाइनलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई र आर्मीले एपिएफलाई सोझो सेटमा हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। पहिलो सेमिफाइनलमा पुलिसलाई सोझो सेटमा स्तब्ध बनाउँदै हेल्प नेपालले उपाधि रक्षाको यात्रा जारी राख्यो।

भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित हेल्प नेपालले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान बनायो। पहिलो सेट २५–१७ ले जितेको हेल्प नेपालले दोस्रो सेट पनि २५–१८ ले सहजै जित्यो। तेस्रो सेटमा पुलिसले चुनौती दिए पनि हेल्प नेपालले २५–२१ ले निस्तेज पा¥यो। दोस्रो सेमिफाइनलमा आर्मीले एपिएफलाई २५–१७, २५–१७ र २५–१९ ले सहजै हरायो।

पुरुषतर्फ १४ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट सात र महिलाका पाँच टोलीले चैतमा आयोजना हुने क्लब लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्। विजेताले ४ लाख, उपविजेताले दुई लाख र तेस्रोले एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। 

सर्वोत्कृष्ट खेलाडीले २५ हजार रूपैयाँ प्राप्त गर्दा विधागत उत्कृष्टले १० हजार रूपैयाँ पाउनेछन्। पुरुषतर्फ टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच शनिबार उपाधि भिडन्त हुने भएको छ। शुक्रबार भएका सेमिफाइनलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई र आर्मीले एपिएफलाई सोझो सेटमा हराउँदै उपाधि भिडन्त तय गरेका हुन्।

प्रकाशित: १६ आश्विन २०७८ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App